images

Jul 27 2024 | २०८१, साउन १२ गते

प्रेम सम्बन्धको विवादले धनुषामा प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी घाइते

प्रेम सम्बन्धको विवादले धनुषामा प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी घाइते

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख १३ २०८१
  • प्रेम सम्बन्धको विवादले धनुषामा प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी घाइते

    जनकपुरधाम । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

    images

    केटा र केटी समूहबीच विवाद उत्पन्न भएपछि प्रहरीले परिस्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । केटी समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको थियो । प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा अवरुद्ध गर्ने पक्ष प्रहरीसँग भिड्न आएको हो ।

    स्थिति नियन्त्रणमा लिन दर्जन सेल अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । घटनास्थलको अवस्था अहिले पनि तनावपूर्ण रहेको बताइएको छ ।

    केटी भगाएको भन्दै केटा पक्षमाथि मुद्दा चलिरहेको छ । पाँच जनालाई नियन्त्रणमा लिएर अपहरण तथा शरीर बन्धक मुद्दा पनि चलाएको प्रहरीले जनाएको छ । युवतीहरूको खोजतालास जारी रहेको बताइएको छ । युवतीका आफन्तहरूले सडक अवरुद्ध गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार