images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सहकारी बचतकर्ताका समस्या समाधानको प्रक्रिया सुरु गर्ने सरकारको निर्णय

सहकारी बचतकर्ताका समस्या समाधानको प्रक्रिया सुरु गर्ने सरकारको निर्णय

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख १३ २०८१
  • सहकारी बचतकर्ताका समस्या समाधानको प्रक्रिया सुरु गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले सहकारीका बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। आज बिहीबार  बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय स्रोतले जनाएको छ। 

    images
    images
    images

    यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद बैठकका तीन निर्णय ;
    १. उच्च अदालत पाटनका माननीय न्यायाधीश सुदर्शनदेव भट्टलाई सो अदालतको कामकाज समेत गर्ने गरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुरावेदन समितिको अध्यक्ष तोक्ने। 

    २. सहकारीहरुको समस्याका बारेमा गम्भीर रुपमा छलफल भयो। यस सम्बन्धमा तत्काल कानुन व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले ब्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने।

    ३. हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार