Sep 20 2024 | २०८१, असोज ४ गते

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
  • प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

    काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गरेका छन् ।

    images
    images

    सम्मेलनमा लगानीका लागि  एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन् । साथै १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने कार्यक्रम छ ।

    यसअघि २०७३ साल फागुन १९ र २० गते पहिलो तथा २०७५ चैत १५ र १६ गते दोस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट