Sep 19 2024 | २०८१, असोज ३ गते

इलाममा एमालेको अग्रता कायमै

इलाममा एमालेको अग्रता कायमै

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
  • इलाममा एमालेको अग्रता कायमै

    काठमाडौँ। इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिले केहीबेरअघिसम्मको मतअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

    images
    images

    उनले अहिलेसम्म १० हजार ४१९ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काले ७ हजार ६२ मत ल्याएका छन् । सुहाङ  ३ हजार ३५७ मतले अगाडि छन् ।

    स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४५१ मत प्राप्त गरेका छन् । अहिलेसम्म २५ हजार ७१२ मतगणना भएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट