Sep 19 2024 | २०८१, असोज ३ गते

इलाम २ मा एमालेका नेम्वाङ ५ हजारभन्दा धेरै मतले अघि

इलाम २ मा एमालेका नेम्वाङ ५ हजारभन्दा धेरै मतले अघि

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
  • इलाम २ मा एमालेका नेम्वाङ ५ हजारभन्दा धेरै मतले अघि

    काठमाडौँ ।  इलाम–२ मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता ५ हजार नाघेको छ ।

    images
    images

    अहिलेसम्म ३५ हजार ६ सय ११ मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १४ हजार ६ सय १३ मत प्राप्त गरेका छन्। यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत प्राप्त गरेका छन् । नेम्वाङ र खड्काबीच ५ हजार ३ सय २ मतको अन्तर छ ।

    यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ५ सय ७० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ५७ मत प्राप्त गरेका छन् ।

    अस्ति शनिवार भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए। त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । एमालेका नेता सुवाचन्द्र नेम्वाङको निधन भएपछि अहिले उपचुनाव भएको हो

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट