Sep 20 2024 | २०८१, असोज ४ गते

उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट

उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
  • उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट

    काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध तथा व्यापार, लगानी र पर्यटनलगायत विषयमा छलफल भएको थियो ।
     
    उपराष्ट्रपति यादवले काठमाडौँमा जारी लगानी सम्मेलनमा भियतनामको सहभागिताले भविष्यमा त्यहाँबाट नेपालमा लगानी भित्र्याउन पहल हुने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
     
    भेटमा भियतनामका राजदूत गुएन थान हाईले नेपाल र भियतनामबीचको सम्बन्धलाई थप सुदृद्ध र प्रगाढ बनाउन आफूले सक्दो प्रयास गर्ने उल्लेख गर्दै दुई मुलुकबीच सीधा हवाई उडान स्थापनाको गृहकार्य भइरहेको बताए।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार