Aug 12 2026 | २०८३, साउन २७ गते

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
  • बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

    हेटौँडा । बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठकमा प्रदेशसभामा रहेको विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचन र   आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट छलफल गर्ने क्रममा अधिवेशन आह्वान विषयमा छलफल हुने जानकारी दिए । 

    images

    संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरुलाई उक्त बैठकमा सहभागी हुन आफूले सूचना प्रवाह गरिसकेको उनले बताएका छन् ।

    उनले संसदको आगामी अधिवेशनका विषयमा पनि उक्त सर्वदलीय बैठकमा छलफल हुने जानकारी दिए । प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिइसकेपछि यही वैशाख १२ प्रदेशसभाको चालु १३औँ अधिवेशन अन्त्य गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट