Sep 20 2024 | २०८१, असोज ४ गते

नेपालले मानव जीवनयापनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छः उपप्रधानमन्त्री यादव

नेपालले मानव जीवनयापनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छः उपप्रधानमन्त्री यादव

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
  • नेपालले मानव जीवनयापनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छः उपप्रधानमन्त्री यादव

    वाशिङ्गटन डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले नेपालले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदरको न्यूनीकरण, औसत आयुमा वृद्धि गर्न सफलता हासिल गरेको बताएका छन् ।

    images
    images

    मन्त्री यादवले सोमबारमा न्यूयोर्कमा आयोजित जनसङ्ख्या र विकासको ५७औँ सत्रलाई सम्बोधन गर्दै उक्त धारण राखेका हुन् । मन्त्री यादवले भने, “हामीहरुले हरेक नागरिकलाई सम्मानपूर्वक जीवनयापन गर्न र उनीहरुको क्षमतालाई आत्मसात गर्न पाउने अवसर दिनुपर्छ ।”

    मन्त्री यादवले जनसङ्ख्या र विकासको तीन दशक अगाडि कायरोमा आयोजना  गरिएको र एक सय ७९ देशले स्वीकृत गरेका राष्ट्रसङ्घको जनसङ्ख्या तथा विकास निगमको कार्यक्रम लागू गर्न सदैव प्राथमिकता दिएको बताएका छन् ।

    मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि भएका प्रयासमा अनेकन व्यवधान उत्पन्न भएकोमा चिन्ता व्यक्त गरे । मन्त्री यादवले भने, “नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानव अधिकार जस्ता मौलिक अधिकारलाई अङ्गीकार गरेको छ र नागरिकको जीवन स्तर उकास्नका लागि अनेकन नीतिगत व्यवस्थ्या, योजना तथा कार्यक्रम लागू गर्दै आएको छ ।”

    नेपालमा युवा र योग्य जनशक्तिको आधारमा बलियो स्थानमा रहेको भन्दै उहाँले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिमा भने अझै ठूलो मात्राको लगानीको खाँचो रहेको बताए ।

    मन्त्री यादवले नेपालले नयाँ जनसङ्ख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने बताउँदै नेपालले निःशुल्क, पहुँचसहितको सुरक्षित गर्भपतनलाई मानव अधिकार कै रुपमा अङ्गीकार गरेको उल्लेख गरे। मन्त्री यादवले जलवायु परिवर्तनले निम्त्याएको विपत्तिका कारण मानव जीवनमाथि सङ्कट आएकोमा चिन्ता व्यक्त गरे ।

    मन्त्री यादव राष्ट्रसङ्घीय फोरममा सहभागी हुन न्यूयोर्क आएका छन्। मन्त्रीसँगै उक्त सम्मेलनमा राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादर थापा, मन्त्री यादवका भ्रमणदलका सदस्यलगायत सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार