Sep 20 2024 | २०८१, असोज ४ गते

अनेरास्ववियुले जेठ १ देखि ३ सम्म विद्यार्थी महोत्सव गर्ने

अनेरास्ववियुले जेठ १ देखि ३ सम्म विद्यार्थी महोत्सव गर्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
  • अनेरास्ववियुले जेठ १ देखि ३ सम्म विद्यार्थी महोत्सव गर्ने

    काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने भएको छ । ६० औँ स्थापना दिवसको अवसरमा अनेरास्ववियुले जेठ १ देखि ३ सम्म काठमाडौंको भृकुटीमण्डपमा महोत्सव गर्न लागेको प्रवक्ता प्रकाश पौडेलले बताए।

    images
    images

    उनका अनुसार महोत्सवमा दुई सय भन्दा धेरै स्टलहरू रहनेछन्। महोत्सवमा अनेरास्ववियुको स्थापना कालदेखिको जानकारी, लाइभ म्युजिक, प्रत्यक्ष परियोजना, करियर काउन्सिलिङ, युवा संसद बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रक्तदान तथा स्वास्थ्य शिविर, फूड स्टल, ई–गेमिङ प्रतियोगिता, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानूनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता र चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण हुने उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार