Nov 25 2024 | २०८१, मंसिर १० गते

images

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
  • तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको तेस्रो चौमासिक (माघ–चैत) का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत खर्च भएको छ ।

    images
    images
    images

    चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएकामा तेस्रो चौमासिकमा शून्य खर्च भएको मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्षमा चालुतर्फ ३७ दशमलव ४६ प्रतिशत र पूँजीगततर्फ शून्य दशमलव १४ प्रतिशत गरी जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको यस आर्थिक वर्षको चालुतर्फ रु ६३ करोड ५३ लाख र पूँजीगततर्फ रु ११ करोड ४३ लाख गरी कूल ७४ करोड ९७ लाख रहेको छ । मन्त्रालयको चालु आर्थिक वर्षको वैदेशिक अनुदान रु दुई ५३ करोड ७६ लाख (चार दशमलव ४७ प्रतिशत) र वैदेशिक अनुदान रु चार अर्ब ९४ करोड दुई लाख (आठ दशमलव ६९ प्रतिशत)रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार