Aug 12 2026 | २०८३, साउन २७ गते

कर्णाली मन्त्रिपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन्

कर्णाली मन्त्रिपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन्

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
  • कर्णाली मन्त्रिपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन्

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कँडेलले नेकपा (एमाले)को भागमा परेको कानून मन्त्रालय आफैंसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा विनोदकुमार शाहलाई नियुक्त गरेका छन्।

    images

    यस्तै, गोमता विक भौतिक राज्यमन्त्री नियुक्त भएकी छन्। यसैगरी, नेकपा (माओवादी केन्द्र)बाट आर्थिक मामिला तथा योजनामन्त्रीमा महेन्द्र केसी, ऊर्जा तथा जलस्रोतमन्त्रीमा रणसिंह परियार, सामाजिक विकासमन्त्रीमा वीरबहादुर शाही र दुर्ग रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्।

    यीमध्ये नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए पनि कृषिमन्त्री नियुक्त भएका शाह भने शपथ ग्रहणमा उपस्थित भएनन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट