images

May 17 2024 | २०८१, जेठ ४ गते

भाजपाले दियो नेपालका ५ दललाई निम्तो

भाजपाले दियो नेपालका ५ दललाई निम्तो

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
  • भाजपाले दियो नेपालका ५ दललाई निम्तो

    काठमाडौँ । भारतमा जारी लोकसभा निर्वाचनको अवलोकनका लागि भारतीय जनता पार्टी (भाजपा)ले १० देशका १८ वटा राजनीतिक दलहरुलाई निम्तो दिएको छ। 

    images
    images

    भाजपाका विदेश विभाग इन्चार्ज डा। बिजय चौथाइवालेले जारी गरेको विज्ञप्तीमा नेपालका पाँच दललाई निम्ता गरिएको उल्लेख गरिएको छ।  भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको हो। 

    नेपालबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्तो आएको छ। सबै पार्टीहरुलाई आज बिजेपी मुख्यालयमा उपस्थित हुन आग्रह गरिएको छ। 

    त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता हुनेछ। यसक्रममा भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार