images

May 17 2024 | २०८१, जेठ ४ गते

श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरको जोड

श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरको जोड

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
  • श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरको जोड

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले १ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्दर्भमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पुर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ । 

    images
    images

    श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । नेपालको  संविधान २०७२ ले श्रम सम्वन्धी हकलाई पनि मौलिक हकका रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । 

    श्रम सम्बन्धी ऐन नियमहरुमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्वन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ ।  चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ स्वस्थ्य सेवामा श्रमिको पँहुच सहज बनाउनका लागि विशेष पहल हुन जुरुरी छ, ।’ सरकार, निजी क्षेत्र र श्रमिक बर्गको संयुक्त पहलबाट मात्रै मुुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धि मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार