Sep 20 2024 | २०८१, असोज ४ गते

नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह

नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
  • नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह

    काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशभर विभिन्न ठाँउमा लागेको डढेलो नियन्त्रण गर्न र प्रभावितलाई तत्काल राहत वितरण गर्न सरकारसँग आग्रह गरेको छ । यसका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गर्न आवश्यक परे आपत्कालिन स्थितिको घोषणा गर्न समेत नेफेजले आग्रह गरेको छ ।

    images
    images

    हालैका दिनहरुमा देशभर आगलागी, डढेलोको घटनाहरु बढ्दै गएको र यसका कारण जनधनको क्षतिका साथै वनजङ्गलमा क्षति भएको छ । डढेलोका कारण फैलिएको प्रदूषणले नागरिकको स्वास्थ्यमा असर परेकाले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार समेत कुण्ठित भएको नेफेजका अध्यक्ष रोशनी अधिकारी पाठकद्वारा आज जारी बिज्ञप्तिमा उल्लेख छ ।

    डढेलोका कारण राजधानीलगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदुषणको मात्रा अत्यधिक रुपमा बढ्न गएको छ । यसका कारण बालबालिका र वृद्धवृद्धाको श्वासप्रस्वासमा नै समस्या देखिन थालेको छ । आगो निभाउने संयन्त्रमा खटिएका व्यक्तिको उपयुक्त सुरक्षामा ध्यान दिन समेत नेफेजले सरकारसँग आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार