Sep 20 2024 | २०८१, असोज ४ गते

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

    images
    images

    आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा संविधान तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।
         
    प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको अन्योन्याश्रित सम्बन्ध हुन्छ, नेपालमा गत वर्षभन्दा यस वर्ष बढी सञ्चारकर्मी पीडित हुन पुगेको अवस्थाप्रति आयोग चिन्ता व्यक्त गर्दछ ।”
     
    नेपाल पत्रकार महासङ्घका अनुसार पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हनन्का ६४ वटा घटना भएका छन् । जस्तोसुकै सङ्कटको अवस्थामा पनि चुनौतीको सामना गर्दै सूचनाको हकका लागि अहोरात्र कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी भौतिक रुपमा असुरक्षित भएको, अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लागेको, समाचार लेखेकैै आधारमा सञ्चारकर्मी पक्राउपर्ने गरेको देखिन्छ ।
         
    सञ्चारकर्मीप्रति असहिष्णु व्यवहार हुने गरेको, सञ्चारकर्मीको कार्यप्रति नै प्रश्न खडा गरिएको, समाचार सङ्कलनका लागि स्थलगत रुपमा खटिँदा सञ्चारकर्मीलाई हतोत्साहित गरिएको तथा समाजिक सञ्जालमा लेखेको आधारमा विभेदपूर्ण रुपमा साइबर अपराधमा मुद्दा चलाउने गरिएको जस्ता सूचनाहरु प्राप्त भएका छन् । मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मिडिया काउन्सिल विधेयक संसदबाट अझै पारित हुनसकेको छैन । 
     
    नागरिकको संविधानप्रदत्त सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रताको हकको प्रत्याभूतिका लागि सञ्चारकर्मीको अहम् भूमिका हुने हुँदा सुरक्षाकर्मी तथा जिम्मेवार निकायबाट सञ्चारकर्मीमाथि हुने गरेको दुव्र्यवहार र हतोत्साहित गर्ने कार्य कानुनी शासन, लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यता एवम् नेपालको संविधानको प्रस्तावनामै व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार