Aug 12 2026 | २०८३, साउन २७ गते

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
  • गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएको छ ।

    images

    गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री  अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिने भएको हो ।

    मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट