Aug 12 2026 | २०८३, साउन २७ गते

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ह्वीप जारी गरेको छ।

    images

    नाउपाका प्रमुख सचेतक खुशीराम डंगौराले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन शुक्रबार ह्वीप जारी गरेका हुन्। मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन्।

    यद्यपी नाउपाको दुई जना सांसद भने सोडारी नेतृत्वको सरकारमा मन्त्री छन्। उनीहरू विश्वासको मत दिने पक्षमा छन्। बाँकी पाँच सांसद विपक्षमा रहेका छन्।

    त्यस्तै, नेपाली कांग्रेसले पनि संसद् अवरुद्ध गर्ने चेनतावी दिएको छ। असंवैधानिक तरिकाले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको संसदीय दलका नेता कमलबहादुर शाहले बताए। “मुख्यमन्त्रीमा सोडारीको नियुक्ति नै असंवैधानिक छ। यस विरुद्ध हामी न्यायालयलाई गुहारेका छौं,” शाहले भने।

    नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने भएको छ। माओवादी संसदीय दलका नेता मानबहादुर धामीले भने, “हामी विश्वासको मत दिने तयारीमा छौँ, सत्ता गठबन्धनमा विश्वासको मत दिने समझदारी भएको छ।”

    मुख्यमन्त्री नियुक्त गर्दा समर्थन जनाएको नेकपा (एमाले) ले अझै निर्णय गर्न सकेको छैन। केन्द्रको निर्देशन कुरिरहेको एमाले नेता बताउँछन्। “हामीले विश्वासको मत नदिने भनेका छैनौं,” एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले भनिन्।

    छलफलमै रहेको उनको भनाइ छ। “छलफल र सहमतिविनै विश्वासको मत लिने भनेर बैठक बोलाउनु भयो तर हामीलाई थाहा नै छैन,” उनले भनिन्।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ। एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी) र नाउपाका दुई सांसद गरी विश्वासको मत पुग्छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट