Sep 20 2024 | २०८१, असोज ४ गते

मन्त्रिपरिषद् बैठक : ६ सचिवको सरुवा

मन्त्रिपरिषद् बैठक : ६ सचिवको सरुवा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
  • मन्त्रिपरिषद् बैठक : ६ सचिवको सरुवा

    काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    images
    images

    उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् ।

    डा.गोविन्दप्रसाद शर्मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै, डा. दीपककुमार खराल वन तथा वातावरण मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकासमा सरुवा भएका हुन् ।

    डा. रेवतीरमण पौडेल कृषि पशुपन्छी विकास मन्त्रालयबाट कृषि विकासमा पुगेका छन् । राधिका अर्याल लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालबाट उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएकी हुन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार