images

May 23 2024 | २०८१, जेठ १० गते

ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २३ २०८१
  • ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

    डडेल्धुरा । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    images
    images

    दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको उक्त कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए । उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

    धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट