राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ।
राप्रपाले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिएर तटस्थ बस्ने भएको छ। आज अपराह्न ३ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री अधिकारलाई एमाले,माओवादी केन्द्र, सभामुख र सांसद राजीव गुरुङको समर्थन रहेको छ।