Sep 20 2024 | २०८१, असोज ४ गते

गृहमन्त्री लामिछानेले गरे जिवी राईलाई झिकाइदिन मलेसियाका गृहमन्त्रीसँग आग्रह

गृहमन्त्री लामिछानेले गरे जिवी राईलाई झिकाइदिन मलेसियाका गृहमन्त्रीसँग आग्रह

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २३ २०८१
  • गृहमन्त्री लामिछानेले गरे जिवी राईलाई झिकाइदिन मलेसियाका गृहमन्त्रीसँग आग्रह

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिवी राईलाई नेपाल झिकाउन सहयोग गरिदिन आग्रह गरेका छन्।

    images
    images

    लामिछानेको सचिवालयका अनुसार उनले टेलिफोन सम्पर्क गरी राईलाई झिकाइदिन सहयोगका लागि आग्रह गरेका हुन्।

    राई सहकारी ठगी प्रकरणका प्रमुख आरोपी हुन्। गृहमन्त्री लामिछाने आफैपनि सहकारी प्रकरणमा जोडिएका छन्।

    चार दिन अगाडि मलेसियाली गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपालका गृहमहन्त्री रवि लामिछानेसँग आफ्नो कुराकानी भएको जानकारी दिएपनि जिबी राईको प्रसंग भने उल्लेख गरेका छैनन्।

    मलेसियामा काम गर्ने नेपाली कामदारको हित, अन्तर्देशीय अपराधका विषयलगायत बारे कुराकानी भएको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट