Sep 20 2024 | २०८१, असोज ४ गते

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन जनमत पार्टीकाे आग्रह

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन जनमत पार्टीकाे आग्रह

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख २४ २०८१
  • विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन जनमत पार्टीकाे आग्रह

    काठमाडौँ । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।

    images
    images

    आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा सीके राउतले ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका हुन् ।

    प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई अहिलेदेखि नै सोको तयारी गर्न गराउन पार्टीले आग्रह गरेको हो । ज्ञापनपत्रमा बुझाउँदै विभिन्न देशमा रहेका नेपालीहरूले राहदानी नवीकरण गर्न महिनौँसम्म कुर्नुपर्ने बाध्यता हटाउन आग्रहसमेत गरिएको छ । 

    कर्मचारी थप्ने, राहदानी नवीकरण केन्द्र तथा शिविर तथा अनलाइन सेवा सञ्चालनसहितका उपाय अपनाएर राहदानी नवीकरणलाई छिटोछरितो बनाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ । 

    पार्टी सचिव बिपी साहले जनमत पार्टी सम्बद्ध प्रवासी जनमत सङ्घ र गैरआवासीय मधेसी सङ्घलाई पहिचान गर्न मातहतका दूतावास तथा नियोगलाई सर्कुलर जारी गर्न र सर्वपक्षीय बैठकमा सहभागी गराउन आग्रह गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार