Aug 12 2026 | २०८३, साउन २७ गते

गण्डकी सरकारविरुद्ध कांग्रेसले दर्ता गरायो सर्वोच्चमा रिट

गण्डकी सरकारविरुद्ध कांग्रेसले दर्ता गरायो सर्वोच्चमा रिट

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
  • गण्डकी सरकारविरुद्ध कांग्रेसले दर्ता गरायो सर्वोच्चमा रिट

    काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही आइतबार प्रदेशसभाबाट पाएको विश्वासको मतविरुद्ध नेपाली कांग्रेसले सर्वोच्चमा रिट दर्ता गरेको छ ।

    images

    कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा सभामुख कृष्णप्रसाद धिताले विश्वासको मत पाएको घोषणा गरेको जिकिरसहित बदर गर्न भनेका छन् ।

    पाण्डेले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको दाबी गरेका छन्। यस्तोमा प्रदेशसभाको ठूलो दलको नेताका रुपमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत माग गरेका छन् ।

    ‘विपक्षी प्रत्यर्थी खगराज अधिकारीले मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गर्न अनेक जालझेल गरी बहुमत पुग्दै नपुगेकोमा बहुमत संख्या पुगेको भनि देखाई विश्वासको मत पारित भएको भन्दै गरिएको घोषणा गर्ने कार्य प्रथम दृष्टिमा गैरकानुनी र त्रृटिपूर्ण भएको हुँदा घोषणालगायत सम्पूर्ण निर्णय कामकारबाहीमाथि उल्लेखित संवैधानिक प्रावधानको विपरीत भएको हुँदा मिति २०८१/१र२३ मा विश्वासको मत लिने सम्बन्धमा सभामुखबाट भएको घोषणा उत्प्रेषणको आदेशले बदर गरी पाऊँ,’ पाण्डेले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट