images

May 20 2024 | २०८१, जेठ ७ गते

सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण खुलाउन गृहलाई सर्वोच्चको आदेश

सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण खुलाउन गृहलाई सर्वोच्चको आदेश

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
  • सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण खुलाउन गृहलाई सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण देखाउन गृह मन्त्रालय र प्रहरीका नाममा आदेश गरेको छ। यस्तै छानबिन रोक्नका लागि अन्तरिम आदेश जारी गर्ने विषयमा थप छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

    images
    images

    न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले यो आदेश गरेको हो। सिरोहियाले आफ्नो नागरिकता छानबिन प्रक्रिया रोक्न माग गर्दै मंगलबार रिट दायर गरेका थिए। आफूमाथि गृह प्रशासनले बदनियतसाथ छानबिन गर्न लागेको उनको आरोप थियो।

    दोहोरो नागरिकता लिएको आशंकामा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले गत वैशाख १७ गते जिल्ला प्रशासन कार्यालय, धनुषाबाट विवरण माग गरेको थियो।  सिरोहियाले विभिन्न निकायमा बुझाएका नागरिकता नम्बर फरक परेको र उनको नामको नागरिकता नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मेल खाएको भन्दै धनुषा प्रहरीमा उजुरी परेको थियो।

    सिरोहियाले भने आफ्नो नागरिकतामा कुनै कैफियत नरहेको, बदनाम गर्ने र दुःख दिने नियतले मात्र छानबिनको हल्ला चलाइएको भन्दै प्रतिवाद गर्दै आएका छन्। रिटको प्रारम्भिक सुनुवाइका लागि मंगलबार पेसी तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट