images

May 20 2024 | २०८१, जेठ ७ गते

पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा उपेन्द्र

पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा उपेन्द्र

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख २६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख २६ २०८१
  • पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा उपेन्द्र

    काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको र त्यसका लागि कानुनी उपचार खोज्ने बताएका छन् । 

    images
    images

    जसपाका प्रवक्ता मनिष सुमनले बुधबार बस्ने पार्टी केन्द्रीय कार्यकारिणी समितिबाट औपचारिक निर्णय गराएर कानूनी उपचारका लागि अदालत जाने जानकारी दिए ।

    उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका जसपा अध्यक्ष यादव एक कार्यक्रममा सहभागिताका लागि अमेरिकामा रहँदा पार्टी उपाध्यक्ष अशोक राईले सात सांसद लिएर जसपा विभाजन गरेका थिए । जसपाबाट विभाजन भएर बनेको नयाँ दललाई निर्वाचन आयोगले मान्यतासमेत दिइसकेको छ ।

    उपेन्द्र यादव समूहले भने यो फुटलाई कानूनविपरीत भएको जिकिर गरेको छ ।  बहुमत केन्द्रीय सदस्य संस्थापन समूहसँगै रहेको तथा दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको स्थितिमा गरिएको विभाजन असंगत रहेको यो पक्षको भनाइ छ । यही दलील पेश गर्दै यो समूह पार्टी विभाजनविरुद्ध अदालत जान लागेको हो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट