कोशीमा बजेट अधिवेशन आह्वान
कोशीमा बजेट अधिवेशन आह्वान
काठमाडौँ । प्रदेश सभाबाट विश्वासको मत लिने समय घर्किएपछि स्वतः कामचलाउनको हैसियतमा पुगेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संसद् अधिवेशन आह्वानको सिफारिस गरेका छन् ।
मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ११ देखि बस्ने गरी बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनको आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
गत चैत २६ मा बसेको बसेको मन्त्रिपरिषद बैठकले पनि प्रदेश प्रमुखलाई बजेट अधिवेशन आह्वानको सिफारिस गरेको थियो ।