Aug 12 2026 | २०८३, साउन २७ गते

कोशीमा आजै मुख्यमन्त्री नियुक्ति र शपथ ग्रहणको तयारी

कोशीमा आजै मुख्यमन्त्री नियुक्ति र शपथ ग्रहणको तयारी

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २७ २०८१
  • कोशीमा आजै मुख्यमन्त्री नियुक्ति र शपथ ग्रहणको तयारी

    कोशी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्तिदेखि लिएर शपथ ग्रहणको तयारी गरिएको छ। प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २६ मा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। मुख्यमन्त्रीका लागि दाबी गर्न वैशाख २८ गते साँझ ५ बजेसम्मको समय दिएका छन्।

    images

    प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न भनेका छन्। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई मिति २०८१ वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ।’

    प्रदेश प्रमुखले गरेको आह्वान अनुसार नेकपा (एमाले)का सांसद हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका छन्। “आजै मुख्यमन्त्रीमा दाबी पेश गर्छौं, सबै तयारी भइसकेको छ,” एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने।

    एमाले संसदीय दलका नेता समेत रहेका कार्कीले एमाले र नेकपा (माओवादी केन्द्र)का सांसदको समर्थनमा दाबी पेश गर्ने भएका हुन्। कोशी प्रदेश सभामा एमालेका ४० र माओवादीका १३ सांसद छन्। ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।

    प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन्। उनी रिट दर्ताका लागि कोशीबाट बिहीबार बिहान काठमाडौं पुगेका छन्। आफू मुख्यमन्त्री हुँदाहुँदै नयाँ सरकार गठनका लागि आह्वान गर्नु संविधान विपरीत भएको जिकिर गर्दै उनले रिट दायर गर्न लागेका हुन्।

    मुख्यमन्त्री कार्कीले सर्वोच्च गुहार्ने भएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया आजै अघि बढाउन लागिएको छ। एमाले सांसद कार्कीले दाबी पेश गरेर लगत्तै सनाखत गर्ने तयारी गरिएको छ। प्रदेश प्रमुखको कार्यालयमा आजै दिउँसो सांसदहरूको सनाखत हुने एमाले प्रमुख सचेतक भण्डारीले बताए।


    एमाले र माओवादीले मुख्यमन्त्रीसँगै केही मन्त्रीको पनि शपथ गराउने तयारी गरेका छन्। मन्त्रीको नाम टुंगो लाग्न बाँकी रहेको भण्डारीले बताए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट