‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक
‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक
काठमाडौँ । फ्याक्टस् अनुसन्धान र विश्लेषणले नयाँ पुस्तक ‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक गरेको छ । डाटा र इन्फोग्राफिक संकलित सो पुस्तकमा डाटासम्बन्धी विभिन्न जानकारी दिने दाबी गरिएको छ ।
यस २०२४ संस्करणमा आर्थिक, कर्पाेरेट, सामाजिक, विकास र राजनीतिकलगायतका २४ विषयवस्तुहरू समावेश गरिएको छ । यसमा समावेश गरेको इन्फोग्राफिक्स दृश्यात्मक रूपमा हुनुका साथै तथ्य र अन्तरदृष्टि पनि दिने दाबी गरिएको छ । यसले मानिसलाई सूचनाको युगका सक्रिय बनाउन सक्नेछ ।
यसले अनुसन्धानको आधारमा सही र कार्ययोग्य डाटा प्रदान गर्छन्। यस संस्थाले नेपालको अनुसन्धान उद्योगमा अद्वितीय र आकर्षिक पहल गरेको छ । यस संस्थाले आकर्षक छलफल र इन्फोग्राफिक्स मार्फत राष्ट्रिय टेलिभिजन, समाचारपत्रहरू, जर्नलहरू, र अनलाइन समाचार पोर्टल जस्ता विभिन्न मिडिया आउटलेटहरू सँग सहकार्य गरी तथ्याङ्क र तथ्यहरू सार्वजनिक गर्छन्।
सन् २०१२ मा स्थापना भएको तथ्य अनुसन्धान र विश्लेषण प्रालि एक निजी अनुसन्धानात्मक संस्था हो । यो संस्थाले अनुसन्धानको आधारमा सही र कार्ययोग्य डाटा प्रदान गर्छन् । नयाँ पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।