Sep 20 2024 | २०८१, असोज ४ गते

सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक

सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २८ २०८१
  • सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक

    काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    images
    images

    संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ । संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक दिउँसो दुई बजेका लागि आह्वान भएको छ ।

    शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ । सभामुख घिमिरिेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट