Sep 08 2024 | २०८१, भदौ २३ गते

सक्किगोनि  सिजन-३ को ५१ औं एपिसोड-नेपालमा बिद्यालय शिक्षाको वास्तविक अवस्था चित्रण 

सक्किगोनि  सिजन-३ को ५१ औं एपिसोड-नेपालमा बिद्यालय शिक्षाको वास्तविक अवस्था चित्रण 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २८ २०८१
  • सक्किगोनि  सिजन-३ को ५१ औं एपिसोड-नेपालमा बिद्यालय शिक्षाको वास्तविक अवस्था चित्रण 

    काठमाडौँ । कार्यक्रम छायांकन हुने ठाउँ काभ्रेको पाँचखाल जुन ठाउँ आफैमा शहर उन्मुख गाउँ हो। जहाँ गाउँ र शहरको मिश्रित अनुभब गर्न सकिन्छ,सामान्य चिया पसलमा केहि बृद्धहरु गफिरहेका हुन्छन्, यत्तिकैमा रेडियोमा एउटा सूचना बज्छ नजिकैको एउटा निजि बिध्यालयमा भर्ना खुल्यो।

    images
    images

    कार्यक्रमका प्रमुख पात्र ‘पाँडे’ तत् पश्चात घर पुग्छन बुहारी लुरीसंगै एउटा बच्चा बसिरहेको हुन्छ,जुन बालकको पृष्ठभूमि बुझेपछि बुहारी लुरीको छोरा हुन्छ,आफ्नो दायित्व सम्झेर उनले उक्त बालकलाई भर्ना गर्न एउटा निजि बिद्यालय पुर्याउछन्।वास्तविक कथा यहिँबाट शुरुवात हुन्छ।

    उक्त निजि विद्यालयको शुल्क,यसका लगानीकर्ता,पूर्वाधार,व्यवस्थापन पक्ष,पुस्तकको भारी, अभिभावक सबै बुझेपछि बेहोस् ‘पाँडे’ नातिलाई सरकारी बिद्यालय पढाउने निष्कर्षमा पुग्छन।अनि कथा फेरी सरकारी बिद्यालयमा ठोकिन्छ,जहाँ सबै पूर्वाधार भएता पनि बिद्यार्थी शून्य हुन्छन यतिसम्म कि त्यहाँका प्रधानाध्यापकको बच्चा समेत नजिकैको सोहि निजि बिध्यालयमा पढाएका हुन्छन।

    अभिभाबकको पीडा र साना बाबुनानीहरुको बालमनोविज्ञानलाई एपिसोडमा मनछुने गरि उतारिएको छ, प्राय यो सिरियलमा कमै देखिने पात्रहरु रामबाबु रेग्मी र किशोर भण्डारीको अभिनय जीवन्त लाग्छ। यो एपिसोड हेर्दा कहिँकतै नजर घुम्दैन,बरु कथाबस्तुले दर्शकलाई आफ्नो घरपरिबार र बाल्यकालमै फर्काइदिन्छ।

    आर्थिक अभाबमा बाच्न बाध्य लाखौँ अभिभाबकको पीडालाइ पर्दामा अति राम्रो गरि उतार्न सक्किगोनि सफल भएको छ। अपलोड भएको सातामै मिलियन भिउज आउने यो सिरियल नेपाली हास्यविधामा नम्बर १ को रुपमा आफ्नो स्थानमा अडिग छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट