Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

सांसदहरूलाई  अध्ययन गरेर मात्र बोल्न ओलीको निर्देशन

सांसदहरूलाई  अध्ययन गरेर मात्र बोल्न ओलीको निर्देशन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २८ २०८१
  • सांसदहरूलाई  अध्ययन गरेर मात्र बोल्न ओलीको निर्देशन

    काठमाडौँ । नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरूलाई अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिएका छन् ।

    images
    images
    images

    शुक्रबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “बोल्दा अध्ययन गरेर मात्रै बोल्नुपर्छ, टू दी पोइन्ट बोल्नुपर्छ । आफ्ना कुरा प्रभावकारी रूपमा प्रस्तुत गर्नका लागि अध्ययन गर्नैपर्छ । दृष्टान्त वा उपमाहरू दिँदा संक्षिप्त र विम्बहरूको प्रयोग गर्दा आकर्षक रूपमा राख्नुपर्छ, तपाईंहरू पनि यही गर्नुहुनेछ,” उनले भने । यस्तै उनले सांसदहरूलाई राष्ट्रिय हित, मानवता र विश्व शान्तिको पक्षमा उभिन निर्देशन गरे ।

    “हामी राष्ट्रिय हितमा उभिनुपर्दछ । भ्रष्टाचार निवारण, सामाजिक न्याय र समानताहरूको पक्षमा छौँ, हामी यसैगरी अगाडि बढ्नेछौँ । मानवताविरुद्धको क्रियाकलापको विरोध गर्छौँ । विश्वशान्तिको पक्षमा छौँ, मानवताको पक्षमा छौँ,” उनले भने, “युद्ध वा अशान्ति जन्मिनेखाल कार्यक्रमा हामी हुँदैनौँ ।”

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट