Nov 25 2024 | २०८१, मंसिर १० गते

images

मेयर बालेन भन्छन्– गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

मेयर बालेन भन्छन्– गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ३० २०८१
  • मेयर बालेन भन्छन्– गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

    काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) प्रकरणमा तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्ने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    बालेनले सामाजिक सञ्‍जालमा टिप्पणी गर्दै गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणमा झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै अब तत्कालिन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारबाही गर्नुपर्ने बताएका छन् ।

    अहिलेको अवस्थामा सो जग्गाको मूल्य १० अर्बभन्दा धेरै भएको भन्दै बालेनले तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्ने बताएका छन् । उनले जग्गाको बैना गरेका सबैलाई कानुनी प्रक्रियाबाट बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तिको बाटो सकिएको उल्लेख गरेका छन् ।

    साथै उनले देशको अर्बौंको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल महानगरका कानुनी सल्लाहकारसमेत रहेका ओम प्रकाश अर्याललाई धन्यवाद दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार