Nov 25 2024 | २०८१, मंसिर १० गते

images

बुटवलमा भारी वर्षा ,बस्ती डुबानमा 

बुटवलमा भारी वर्षा ,बस्ती डुबानमा 

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ३० २०८१
  • बुटवलमा भारी वर्षा ,बस्ती डुबानमा 

    बुटवल । भारी वर्षाका कारण बुटवलका केही ठाउँ डुबानमा परेका छन् । भारी वर्षाले हाटबजारलाइन नजिकका रुपन्देही उद्योग संघको सचिवालय, राष्ट्रिय समाचार समिति र बस समितिको कार्यालयका भुइँतलामा बाढी पसेको छ ।

    images
    images
    images

    यस्तै मुख्य व्यापारिक केन्द्र अमरपथमा सोह्र छत्तीस कुलोको नहर थुनिँदा बजार क्षेत्रमा फोहोर लेदोसहितको बाढी पसेर आउजाउमा असर पुर्‍याएको छ । बुटवल कालिकानगरको न्यु होराइजन बोर्डिङ स्कुल परिसरमा बाढी पसेर जलमग्न भएको छ ।

    बुटवलको माथिल्लो भागबाट जम्मा भएको पानी बग्ने नाली र खोल्सीहरु अतिक्रमण गरी निर्माण गरिएका संरचना र नालीमा फालिएका फोहोरका कारण पानीको वहाब रोकिएर बस्ती डुबानमा परेको स्थानीयको भनाइ छ।

    बुटवल तिलोत्तमा लगायतका खेतमा सिँचाइका लागि लागि पानी लैजाने सोह्रछत्तिस मौजा सिँचाई प्रणाली थुनिएर नहरको पानी पस्दा बुटवल ११ कालिकानगरमा रहेको न्यू होराइजन स्कुल डुबानमा परेको छ। स्कुल क्षेत्र जलमग्न भएपछि विद्यालयले सूचना प्रकाशन गरेर आज बिदा दिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार