Sep 08 2024 | २०८१, भदौ २३ गते

मधेशका माओवादी मन्त्रीले दिए राजीनामा

मधेशका माओवादी मन्त्रीले दिए राजीनामा

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ३० २०८१
  • मधेशका माओवादी मन्त्रीले दिए राजीनामा

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। माओवादीबाट सरकारमा सहभागी दुई जना मन्त्रीले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। आजैका मितिबाट लागू हुने गरी राजीनामा दिएको पत्रमा उल्लेख छ।

    images
    images

    मधेश सरकारमा माओवादीबाट भरतप्रसाद शाह र युवराज भट्टराई मन्त्री थिए। भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

    शाह भने विना विभागीय मन्त्री थिए। उनले अर्थ मन्त्रालय नपाएपछि अन्य मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका थिए।

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेसँगै माओवादी मधेश सरकारबाट बाहिरिन खोजेको थियो। माओवादीले नेकपा (एमाले) सहित साना दलसँग मिलेर मधेशमा नयाँ सरकार गठनको गृहकार्य थालेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट