Sep 20 2024 | २०८१, असोज ४ गते

आरोही कामिरिताले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा

आरोही कामिरिताले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ३० २०८१
  • आरोही कामिरिताले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा

    काठमाडौँ । आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

    images
    images

    पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आज बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाएका हुन् । उनका अनुसार यस यामको आरोहण सुरु भएयता आजसम्म ७० भन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । 

    सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामिरिता शेर्पा हुन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए।

    यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गत शुक्रबारदेखि सुरु भएको थियो । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका  सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने)गरेपछि आरोहणको ढोका खुलेको हो । ‘सगरमाथा हिमालचुलीको शिखरसम्म मिली बाटो निर्माण (रोप फिक्सिङ) गर्ने काम सम्पन्न भएसँगै टोलीमा संलग्न १० जना आरोहीबाट सगरमाथाको यस सिजनको पहिलो आरोहण सम्पन्न भएको थियो ।

    विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अझै एक/दुई टोली बढ्नसक्ने विभागले अनुमान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार