Sep 20 2024 | २०८१, असोज ४ गते

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
  • सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

    धनुषा । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना  पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । 

    images
    images

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उनले बताए । 

    गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको रु ८० लाख लुटिएको थियो ।

    सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट रु ८० लाख रकम निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार