Sep 20 2024 | २०८१, असोज ४ गते

संसद्‍मा देखिएको गतिरोध अन्त्यबारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

संसद्‍मा देखिएको गतिरोध अन्त्यबारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
  • संसद्‍मा देखिएको गतिरोध अन्त्यबारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

    काठमाडौं । संसद गतिरोध अन्त्यको विषयलाई लिएर प्रधानमन्त्री सभामुख देवराज घिमिरे र  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।  आज बिहान प्रधानमन्त्री प्रचण्डसँग घिमिरेको टेलिफोनमा सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। उनका अनुसार राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको हो।

    images
    images

    प्रधानमन्त्री प्रचण्डले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिए। उनले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने बताए।

    उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाका बैठक अवरोध गर्दै आएको छ।

    सभामुख घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग हिजो छलफल गरेका थिए। उनले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए। उनले नीति तथा कार्यक्रम संसदभन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार