images

Jul 27 2024 | २०८१, साउन १२ गते

कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो

कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
  • कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजेका लागि तय भएको संसदीय दल कार्यसमितिको बैठक र दिउँसो २ बजे बस्ने भनिएको संसदीय दलको बैठक भोली जेठ १ गते विहान ९ बजे बस्ने गरी सारिएको जानकारी दिए ।

    images

    पछिल्लो राजनीतिक घटनाक्रम र समसामायिक विषय तथा सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठनलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक थप तयारीका लागि एक दिन सारिएको बताए ।  “संसद्को बजेट अधिवेशन सुरू भएको छ । भोली नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ तर अहिलेसम्म हामीले उठाउँदै आएको संसदीय छानविन समिति गठनको विषयमा सहमति भएको छैन । त्यसैले आज दिनभरका घटनाक्रम कसरी अगाडि बढ्छन्, त्यही आधारमा भोली छलफल गरेर आवश्यक रणनीति बनाउँदा उपयुक्त हुने ठानेर हामीले भोलीका लागि बैठक सारेका हौ”, प्रमुख सचेतक लेखकले भने। 

    कांग्रेसले सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ । यसैबीच, आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार