images

Jul 27 2024 | २०८१, साउन १२ गते

कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
  • कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

    काठमाडौँ । नेपाली कांग्रेसले संसदीय छानबिन समितिलाई आफ्नो ‘बटम लाइन’ भएको दोहोर्‍याएको छ । सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यसअघिकै धारणालाई निरन्तरता दिएको हो ।

    images

    छानबिन समिति नबने राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद्को संयुक्त बैठक पनि अवरोध गर्ने उसले निर्णय लिएको छ । तर त्यो आफूहरूको चाहना भने नभएको प्रवक्ता प्रकाशशरण महतले बताए । ‘सामान्य संसदीय प्रक्रिया त अवरुद्ध नहोस् भन्ने पार्टीले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा रोक्न चाहेको वा रोक्न चाहन्छौँ भन्ने त थिएन नि’, बैठकपछि महतले भने, ‘तर जसरी सरकार प्रस्तुत भइरहेको छ । लाग्छ, सरकार नै रोक्न चाहिरहेको छ । त्यसैले हाम्रो त कुरै होइन, सरकार नै रोक्न चाहिरहेको छ ।’ उनले सरकारले बजेटमा पनि छलफल गराउन नचाहेको र छलफल नगराइ आफू खुसी गर्न पाइन्छ भन्नेतिर सरकारले सोचिरहेको हो कि भन्ने शंका लागिरहेको बताए ।

    सहकारीमा जम्मा भएको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै उनीमाथि संसदीय छानबिन समितिमार्फत् छानबिन गरिनुपर्ने माग राख्दै नेपाली कांग्रेसले संसद् अवरोध गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार