नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
काठमाडौँ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । मंगलबार बिहान बसिरहेको बैठकले नीति तथा कार्यक्रम पारित गर्ने एक मन्त्रीले जानकारी दिए ।
सरकारले आज वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
चार बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गरेर संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।