Sep 20 2024 | २०८१, असोज ४ गते

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
  • कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । 

    images
    images

    संघीय संसद्को आज बस्ने संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको हो ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने रणनीति तय गरिएको एक संसदले जानकारी दिए । 

    त्यसपछिका अरू संसदीय प्रक्रिया अघि बढाउन नदिने रणनीति तय गरिएको उनले बताए । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद्‌ अवरुद्ध गरिरहेको छ । 

    आजै बिहान कांग्रेसका नेतालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा संसद् अवरोध नगर्न अनुरोध गरेका थिए ।

    दिउँसो ३ बजे बस्ने संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार