Sep 20 2024 | २०८१, असोज ४ गते

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ जारी

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ जारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
  • सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ जारी

    काठमाडौँ । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ भइरहेको छ । उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा लामिछानेको मुद्दाको सुनुवाइ जारी छ ।

    images
    images

    बलात्कार मुद्दामा जिल्ला अदालत काटमाडौंको फैसला बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालतमा गत फागुन १० गते पुनरावेदन दिएका थिए । यसअघि जिल्ला अदालतले सन्दीपलाई जबर्जस्ती करणीमा ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रूपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।

    जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरूद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ । अहिले दुवै मुद्दामा एकसाथ सुनुवाइ भइरहेको छ । सुनुवाइ सकिए आजै फैसला आउन सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार