Nov 25 2024 | २०८१, मंसिर १० गते

images

सहकारी गठीपछि फरार जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

सहकारी गठीपछि फरार जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
  • सहकारी गठीपछि फरार जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र लेखेको छ । विदेशमा लुकेर बसेको आशंका गरिएका राईलाई पक्राउ गर्न असफल भएपछि प्रहरीले उक्त कदम चालेको हो ।

    images
    images
    images

    कास्कीको सुदर्शन सहकारीमा सेवाग्राहीले जम्मा गरेका करोडौं रकम हिनामिना गरेको आरोप राईमाथि लागेको छ । राई भने लामो समयदेखि सम्पर्कविहीन छन् ।

    उनी मलेसियामा रहेको आशंकामा सरकारले त्यहाँको सरकारसँग पनि सहयोग मागेको थियो । तर अहिलेसम्म कुनै उपलब्धि हासिल भएको छैन । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समेत संसद्को राज्य व्यवस्था समितिमा राई मलेसियामा रहेको जानकारी गराएका थिए ।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा काम गर्दा राईका पार्टनर थिए । कास्की प्रहरीका एक उच्च अधिकारीका अनुसार इन्टरपोलमार्फत राईलाई नेपाल झिकाउने प्रक्रिया अनुरूप उनको राहदानी रद्द गर्न लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार