Sep 20 2024 | २०८१, असोज ४ गते

उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट

उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
  • उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच आज शिष्टाचार भेटवार्ता भएको छ । 

    images
    images

    मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गरे ।

    उनले भने, “रोमानिया र नेपालबीच सन् १९६८ देखि कूटनीतिक सम्बन्ध रहेको छ, नेपाल सरकारले नेपाल र रोमानियाबीच विद्यमान यी सम्बन्धलाई मित्रता, सहयोग र जनताको सम्पर्कको बलियो बन्धन बनाउँछ ।” मन्त्री भण्डारीले नेपालले युरोपेली सङ्घ र अन्य मञ्चहरूमार्फत रोमानियाली सरकारबाट प्राप्त महत्वपूर्ण सहयोगलाई उच्च रूपमा स्वीकार गर्ने राजदूत तानेसित बताए । 

    भण्डारीले भने, “नेपालले रोमानियालगायत हाम्रा द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूको समर्थन र सद्भावनामा भरोसा गर्न जारी राखेको छ ।” उनले युरोपेली सङ्घ र रोमानिया जस्ता विश्वसनीय विकास साझेदारहरूबाट ठूलो मात्रामा नेपालले स्रोत, प्रविधि समर्थन र साझेदारी चाहेको बताए। 

    मन्त्री भण्डारीले भने, “रोमानिया प्रमुख व्यापार साझेदार बनेको छ, नेपालले मुख्यतया ‘कोटेड फ्ल्याट रोल्ड’ फलाम, विभिन्न कपडा र मुख्यतः प्याकेज गरिएका औषधि, कम्प्युटर र अन्य अत्यावश्यक वस्तु आयात गर्छ, हामी पारस्परिक आर्थिक लाभका लागि हाम्रा मार्ग फराकिलो बनाउने लक्ष्य राख्दै हाम्रो व्यापार सम्बन्धलाई थप अन्वेषण र विस्तार गर्न इच्छुक छौं ”

    नेपाल–रोमानिया सम्बन्ध आगामी दिनमा थप सुदृढ हुदैं जानेमा विश्वास व्यक्त गर्दै उनले दिगो विकासका लक्ष्यहरु सन् २०३० सम्ममा प्राप्त गर्न नेपाल प्रयासरत रहेको बताए । साथै कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान गर्न नेपालले व्यापार र लगानीलाई उच्च प्राथमिकता दिएको उनले जानकारी गराए । 

    हालै सम्पन्न लगानी सम्मेलनले लगानीका क्षेत्र पहिचान गरेको र लगानीमैत्री नीतिगत तथा कानुनी व्यवस्था गरेको मन्त्री भण्डारीले राजदूत तानेलाई जानकारी गराए । उनले भने, “म महामहिम मार्फत रोमानियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आब्हान गर्दछु, व्यवसायी–व्यवसायी बीचको आर्थिक सम्बन्धको सुदृढीकरण गरी द्विपक्षीय र निजी क्षेत्रको अगुवाइमा आर्थिक क्षेत्रको समृद्धि हासिल गर्न सरकार प्रयत्नरत छ, नेपालको व्यापार पूर्वाधार र अन्य प्राथमिकताका विकास क्षेत्रमा थप युरोपेली लगानी आउनेमा म आशावादी छु ।”

    मन्त्री भण्डारीले नेपालबाट रोमानयामा निर्यात हुने वस्तुको पहिचान र विकास गर्न द्विपक्षीय व्यापारको पर्याप्त सम्भावना रहेको जानकारी गराउँदै  यसका लागि आगामी दिनमा थप सहकार्य गर्नुपर्ने देखिएको बताए ।  

    सो क्रममा राजदूत तानेले मन्त्री भण्डारीलाई रोमानिया भ्रमणका लागि आग्रह गरे । उनले रोमानियाले नेपालमा कृषि, उर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताए । राजदूत तानेले मन्त्री भण्डारी रोमानियामा हस्तकलाका सामग्रीको बजार राम्रो रहेको जानकारी गराए। उनले नेपालबाट रामानियामा हस्तकलाका सामग्री निर्यातको वातावरण बनाउन मन्त्री भण्डारीलाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार