Sep 20 2024 | २०८१, असोज ४ गते

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई जारी

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई जारी

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २ २०८१
  • सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई जारी

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेविरूद्धको बलात्कारसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा यो मुद्दाको सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार यो मुद्दाको सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएकोमा आज पुनः सुनुवाइ हुने भएको हो ।

    images
    images

    उक्त मुद्दामा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ताहरु रामनारायण बिडारी र रमण श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरेका थिए । उनीहरुले दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामाथि प्रश्न उठाएका छन् ।

    त्यस्तै, पीडित गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीहरुले पनि बहस गरेका थिए । २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले नाबालिग जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

    सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेकोमा फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च अदालत पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार