सिंहदरबारमा छलफलमा जुटे प्रचण्ड-ओली र रविबीच छलफल
सिंहदरबारमा छलफलमा जुटे प्रचण्ड-ओली र रविबीच छलफल
काठमाडौँ । सत्तापक्ष दलका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको हो।
छलफलमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भएको बताइएको छ। कांग्रेसले हिजो राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि सदनको कार्यसूची अघि बढाउन दिएको छैन।