Sep 20 2024 | २०८१, असोज ४ गते

सत्तापक्ष नै प्रतिपक्षलाई धम्क्याईरहेको छ: नेता केसी

सत्तापक्ष नै प्रतिपक्षलाई धम्क्याईरहेको छ: नेता केसी

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
  • सत्तापक्ष नै प्रतिपक्षलाई धम्क्याईरहेको छ: नेता केसी

    काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ता पक्ष नै संविधानलाई चुनौती दिने गरी सामाजिक सद्भाव र जातीय सन्तुलनमा खलल पुग्ने काम गर्न थालेको आरोप टिप्पणी गरेका छन् । 

    images
    images

    बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६औँ साधारण सभामा नेता केसीले भने, ‘सत्ता पक्षबाट नै हाम्रो सामाजिक सद्भाव र जातीय सन्तुलनमा खलल पुग्ने कामहरू हुन थालेका छन् ।’ 

    उनले नेपाली कांग्रेसले गम्भीर विषयलाई लिएर संसद् अवरोध गरेको उल्लेख गर्दै एमालेले आफूहरूलाई धम्काएको आरोप लगाए । 

    ‘संविधान भित्रै बसेर संविधानलाई चुनौती दिने प्रवृत्तिहरू देखिन थालेका छन् । लोकतन्त्रमा लोकतान्त्रिक प्रतिपक्षलाई धम्क्याउने, हप्काउने र तर्साउने खालका अभिव्यक्ति सत्तापक्षकै एउटा घटकले दिइरहेको छ,’ केसीले भने ।
     
    यस्तै उनले एमाले विगतमा सबैभन्दा धेरै चार महिनासम्म संसद् अवरोध गर्ने पार्टी भएको उल्लेख गर्दै अहिले लोकतन्त्रमाथि नै खतरा आएको बताए ।

    उनले भने,‘अहिले हामीले नेपाली जनताको आवश्यकताको दृष्टिकोणले लाखौँ लाख सहकारी पीडितहरूको प्रतिनिधित्व गर्नको निम्ति संसदीय समितिको माग गरेका छौँ । उहाँहरूले नै सुन काण्डमा २२ दिन संसद् बन्द गरेको इतिहास सुने पनि हुन्छ । यो खालका धम्कीहरू, सर्वोच्च अदालतले गरेका निर्णयहरूलाई चुनौती दिने अभिव्यक्तिहरूले  लोकतन्त्र माथि नै चुनौती दिने खालको जुन अवस्था छ, यसलाई कांग्रेसले गम्भीर भएर समीक्षा गर्नुपर्छ ।’ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट