Sep 20 2024 | २०८१, असोज ४ गते

सभामुख घिमिरे सचेतकहरुसँग छलफलमा, संसद बैठक बस्न ढिलाई

सभामुख घिमिरे सचेतकहरुसँग छलफलमा, संसद बैठक बस्न ढिलाई

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
  • सभामुख घिमिरे सचेतकहरुसँग छलफलमा, संसद बैठक बस्न ढिलाई

    काठमाडौँ । सभामुख देवराज घिमिरेले कांग्रेससँग सहमतिको प्रयास गरिरहेकाले संसद् बैठक बस्न ढिलाइ भएको छ । बैठक ११ बजेका लागि बोलाइएको थियो ।

    images
    images

    सभामुखको सचिवालयका अनुसार सभामुखले केही बेर अघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी समेत गरेका थिए । अहिले पनि संसद् खुलाउन प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही बेर बैठक ढिलो भएको सभामुख घिमिरेको भनाइ छ ।

    प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिए । सभामुखले बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

    छलफलमा कानून मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी छन् ।

    नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा कांग्रेस मुछिएको भन्दै प्रतिनिधि सभामा निरन्तर अवरोध गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार