Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभाको ११ बजेलाई बोलाएको बैठक चार बजेलाई सर्‍यो

प्रतिनिधिसभाको ११ बजेलाई बोलाएको बैठक चार बजेलाई सर्‍यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
  • प्रतिनिधिसभाको ११ बजेलाई बोलाएको बैठक चार बजेलाई सर्‍यो

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक अपराह्न चार बजेलाई सरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान ११ बजेलाई बोलाएको बैठक चार बजेलाई सारिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।  

    images
    images

    यसअघि सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए ।

    सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार