Sep 20 2024 | २०८१, असोज ४ गते

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस्

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस्

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
  • कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस्

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति गठनको लागि तयार भएको कांग्रेस नेताहरूले बताएका छन् ।  

    images
    images

    संसदीय छानबिन समिति गठन अघि संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिन प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग प्रस्ताव गरेका छन् ।

    ‘गृहमन्त्रीजीलाई बोल्न दिनुस् संसदीय छानबिन समिति गठन गर्न तयार छौं भन्ने सन्देश प्रधानमन्त्रीले पठाउनु भएको छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने ।   सत्तारुढ प्रमुख घटक नेकपा एमाले भने अहिलेसम्म समिति गठनको विपक्षमा देखिएकाले के गर्ने भन्ने छलफलमा कांग्रेस छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार